दोस्रो भरतपुर-१९ महोत्सव:एकादशीमा प्रीती आलेको प्रस्तुती रहने।

२०८१ कत्तिक २६ सोमबार। भरतपुर-१९ वडा कार्यालयको आयोजना, शारदानगर हेल्त्जपोष्ट चौरमा जारी दोस्रो भरतपुर १९ साँस्कृतिक व्यापारिक तथा पर्यटन महोत्सव २०८१ को तेस्रो दिन कात्तिक २७ गते मंगलबार एकादशिको दिन लोकदोहोरी गायिका प्रीती आलेको बेजोड प्रस्तुती रहने भएको छ।

महोत्सवको व्यवस्थापन भने एम.एन.इन्टरटेन्टमेन्ट प्रा.लि. भरतपुर-१० चितवनले गरेको छ।महोत्सवमा विभिन्न समुदायहरुको सांस्कृतिक प्रस्तुति संगै घुमौ भरतपुर भ्रमण वर्ष २०२४ लाई सकारात्मक रुपमा टेवा पुर्याउने आयोजकले लक्ष्य लिएको छ।

महोत्सवमा अन्तर बिधालय स्तरिय डान्स आइडल नृत्य प्रतियोगिता  साथै  स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको सांस्कृतिक  प्रस्तुती रहने छ।

Comments