मगर महिला संघ चितवनको नेतृत्व रामकुमारीलाई

चितवन। नेपाल मगर महिला संघ चितवनको अध्यक्षमा रामकुमारी थापामगर निर्वाचित भएकी छन् । शनिबार सम्पन्न पाँचौँ अधिवेशनमा रामकुमारी थापामगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

 

संघकी केन्द्रीय अध्यक्ष हिरूसरा रानामगरको उपस्थितिमा भएको अधिवेशनले चितवन जिल्ला समितिको उपाध्यक्षमा लक्ष्मीदेवी थापामगर, सचिवमा हीरा आलेमगर, सहसचिवमा हीरामाया थापामगर, कोषाध्यक्षमा मीना चुमीमगर र सहकोषाध्यक्षमा पुनम सारूमगर चयन भएका छन् ।

 

अधिवेशन हुनुपूर्वको खुला सत्रमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरेको छ । मगर महिला संघको संस्थागत कार्यमा मह¤वपूर्ण योगदान दिएको भन्दै नेपाल मगर विद्यार्थी संघ चितवन, नेपाल मगर संघ चितवन, चन्द्र एकता मगर समाज भरतपुर–२, क्षेत्रपुर, सुनौलो दिदी–बहिनी आमा समूह भरतपुर–८ गौरीगञ्जलाई सम्मानपत्रसहित सम्मान गरिएको हालै निवर्तमान अध्यक्ष बनेकी रूकु रानामगरले बताइन् ।

 

यस्तैगरी नेपाल मगर महिला संघ चितवनकी संस्थापक अध्यक्ष हीरा थापामगर, निवर्तमान अध्यक्ष तथा नेपाल मगर सांस्कृतिक संघकी केन्द्रीय उपाध्यक्ष देवी थापामगर, नेपाल मगर संघ चितवनका निवर्तमान अध्यक्ष ठाकुरसिंह आलेमगर, नेपाल मगर विद्यार्थी संघ चितवनकी अध्यक्ष प्रीज्मा आलेमगर, नेपाल मगर संघ चितवनका अध्यक्ष लालबहादुर रानामगर र नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगरलाई सम्मान गरिएको हो ।

Comments