किरणगन्जका तामाङ समुदायले मनाए सोनाम ल्होछार

चितवन। पश्चिम चितवनको भरतपुर महानगरपालिका-१९ स्थित श्री किरण युवा समूह,किरणगन्जको आयोजनामा बिहिबार तामाङ समुदायको महान पर्व २८६१ औं मन्जुश्री सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

समुदायले आफ्नो कला,संस्कार,संस्कृती, भेषभुषा र मौलिक पहिचानको जगेर्ना गर्ने उद्देश्यका साथ ल्होछार मनाएका हुन्। कार्यक्रममा तामाङ सेलो लगाएतका सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो।

कार्यक्रममा भरतपुर महानगरपालिका-१९ का वडा अध्यक्ष प्रकाश तामाङ,भरतपुर-१९ का जनप्रतिनिधि खड्क बहादुर  तामाङ,किरण तामाङ उत्थान संघका अध्यक्ष दावा छिरिङ लामा,किरण आमा समुहका अध्यक्ष बिष्णु कुमारि लामा, किरण टोल विकास सस्थाका अध्यक्ष सीता तामाङ,सौगात आमा समुहका अध्यक्ष मन कुमारी गुरुङ लगायत व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा वडा अध्यक्ष तामाङले शुभकामना दिनुहुदै मौलिक पहिचानलाई  गहनाको रुपमा सजाई राख्न सकेमा मात्र मानव जातिको अस्तित्व रहने कुरा बताउनुभयो। 

कार्यक्रमका संयोजक तथा किरण युवा समुहका अध्यक्ष सागर तामाङले ल्होछारको शुभकामना दिनुहुदै कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्नका लागि स्वदेश तथा प्रवासबाट आर्थिक,भौतिक तथा  नैतिक सहयोग गर्नुभएकाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।

Comments