चितवनमा दोस्रो खुल्ला मौलिक कौराहा(कानराहा) प्रतियोगिता हुँदै।
चितवन।नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिती चितवनको आयोजना र भरतपुर महानगरपालिका वडा नं.७ को संरक्षकत्वमा दोस्रो खुल्ला मौलिक कौराहा (कानराहा) नृत्य प्रतियोगिता यहि पौष २७ गते शनिवार विपि मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा हुने भएको छ।
मगर समुदायको महान् पर्व माघे सकरातिको अवसरमा मगर समुदायको पुर्खा देखि चलिआएको कला,संस्कृती,भेषभुषा र मौलिक पहिचानलाई संरक्षण,पर्वद्धन एवं नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ मगर समुदायको राष्ट्रिय एवं सांस्कृतिक नृत्य दोस्रो खुल्ला कौराहा नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको कुरा मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेम कुमारी आले मगरले बताउनुभयो।
प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ३५ हाजर,द्वितीय हुनेले नगद रु २० हजार,तृतीय हुनेले नगद रु १० हजार र सान्त्वना हुने समुहले नगद रु ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागिताको लागि रु ५ हजार (समूह/टिम) दर्ता शुल्क राखिएको छ।प्रतियोगितामा मौलिक भेषभुषा र बाजा (खैजडी) सहित प्रत्यक्ष गायन तथा नृत्य प्रस्तुतीकरणलाई विषेश प्राथमिकतामा राखिएको छ। प्रस्तुती समय जम्मा १२ मिनेट रहने छ। प्रतियोगितामा सहभगिताको लागि पौष २२ गते भित्र सम्म मात्र दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।
Comments