मगर बिद्यार्थी संघ बागमती प्रदेशको तेस्रो अधिवेशन हुँदै।
काठमाडौ। नेपाल मगर बिद्यार्थी संघ बागमती प्रदेशको आयोजना र नेपाल मगर बिद्यार्थी संघ काठमाडौ जिल्ला समितिको व्यवस्थापनमा फाल्गुन १० गते शनिबारका दिन तेस्रो बागमती प्रदेश अधिवेशन हुने भएको छ।
अधिवेशनमा बागमती प्रदेशका १३ वटा जिल्ला सहित जिल्ला समिती अन्तर्गत रहेका विश्वबिधालय,आङ्गिक क्याम्पसबाट बिद्यार्थी प्रतिनिधिहरुको भेला हुने छन्।
अधिवेशनबाट अध्यक्ष,वरिष्ठ उपाध्यक्ष,महिला उपाध्यक्ष,१२ मगरात उपाध्यक्ष,१८ मगरात उपाध्यक्ष,काइके उपाध्यक्ष,सचिव,सह-सचिव,कोषाध्यक्ष र सदस्यहरु चयन हुने छन्।
मगर बिद्यार्थी संघ बागमती प्रदेशकि अध्यक्ष रिया मगरले अधिवेशनको तयारी अन्तिम चरणमा रहेको साथै प्रतिनिधिहरुलाई सहभागिताको लागि आह्वान गर्नुभएको छ।
Comments