दोस्रो भरतपुर-१९ महोत्सव: शनिवार रमेशराज भट्टराईको बेजोड प्रस्तुती रहने।
२०८१, कत्तिक ३०, शुक्रबार ।
भरतपुर-१९ वडा कार्यालयको आयोजना,शारदानगर हेल्थपोष्ट चौरमा जारी दोस्रो भरतपुर १९ साँस्कृतिक व्यापारिक तथा पर्यटन महोत्सव २०८१ को छैटौं दिन मंसिर ०१ गते शनिबारको दिन लोकप्रिय गायक रमेशराज भट्टराइको बेजोड प्रस्तुती रहने भएको छ।
महोत्सवमा शनिबार लोकप्रिय लाइभ लोक दोहोरी गायिका तारा थापा,कमेडियन तथा जादुगर गुन्द्रुके,विश्वकै होचो मान्छे मनोज गोर्खालि लगायत ख्याती प्राप्त स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ। महोत्सवको व्यवस्थापन भने एम.एन.इन्टरटेन्टमेन्ट प्रा.लि. भरतपुर-१० चितवनले गरेको छ।महोत्सवमा विभिन्न समुदायहरुको सांस्कृतिक प्रस्तुति संगै घुमौ भरतपुर भ्रमण वर्ष २०२४ लाई सकारात्मक रुपमा टेवा पुर्याउने आयोजकले लक्ष्य लिएको छ। महोत्सवमा स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको सांस्कृतिक तथा सांगितिक प्रस्तुती रहने छ।महोत्सव मंसिर ०९ गते सम्म सन्चालन हुने छ।
Comments