दोस्रो भरतपुर-१९ महोत्सव: शुक्रवार सिर्जना खत्री (हाउडे माया)आउने।
२०८१, कत्तिक २९, बिहिबार।
भरतपुर-१९ वडा कार्यालयको आयोजना,शारदानगर हेल्थपोष्ट चौरमा जारी दोस्रो भरतपुर १९ साँस्कृतिक व्यापारिक तथा पर्यटन महोत्सव २०८१ को छैटौं दिन कात्तिक ३० गते शुक्रबारको दिन युवाहरुको लोकप्रिय फिल्पी तथा पप गायिका सिर्जना खत्री (हाउडे माया) को बेजोड प्रस्तुती रहने भएको छ।
महोत्सवमा शुक्रबार जादुगर बलराम सरकार, (गोर्खा लोक तारा )पवन श्री परियार,मोडल डान्सर अनुप बुढा मगर लगायत ख्याती प्राप्त स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ। महोत्सवको व्यवस्थापन भने एम.एन.इन्टरटेन्टमेन्ट प्रा.लि. भरतपुर-१० चितवनले गरेको छ।महोत्सवमा विभिन्न समुदायहरुको सांस्कृतिक प्रस्तुति संगै घुमौ भरतपुर भ्रमण वर्ष २०२४ लाई सकारात्मक रुपमा टेवा पुर्याउने आयोजकले लक्ष्य लिएको छ। महोत्सवमा स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड सांस्कृतिक तथा सांगितिक प्रस्तुती रहने छ।महोत्सव मंसिर ०९ गते सम्म सन्चालन हुने छ।
Comments