दोस्रो भरतपुर-१९ महोत्सव: मंसिर ०२ गते रचना रिमालको बेजोड प्रस्तुती हुने।

२०८१, मंसिर ०१, शनिबार।

भरतपुर-१९ वडा कार्यालयको आयोजना,शारदानगर हेल्थपोष्ट चौरमा जारी दोस्रो भरतपुर १९ साँस्कृतिक व्यापारिक तथा पर्यटन महोत्सव २०८१ को सातौं  दिन मंसिर ०२ गते आइतबारको दिन लोकप्रिय गायिका रचना रिमालको बेजोड प्रस्तुती रहने भएको छ।

महोत्सवमा आइतबार लोकप्रिय  राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ। महोत्सवको व्यवस्थापन भने एम.एन.इन्टरटेन्टमेन्ट प्रा.लि. भरतपुर-१० चितवनले गरेको छ।महोत्सवमा विभिन्न समुदायहरुको सांस्कृतिक प्रस्तुति संगै घुमौ भरतपुर भ्रमण वर्ष २०२४ लाई सकारात्मक रुपमा टेवा पुर्याउने आयोजकले लक्ष्य लिएको छ। महोत्सव मंसिर ०९ गते सम्म सन्चालन हुने छ।

Comments