दोस्रो भरतपुर-१९ महोत्सव: मंसिर ०४ गते एलिना र स्याड रोज ब्याण्डको बेजोड प्रस्तुती रहने।

२०८१, मंसिर ०३, सोमबार।

भरतपुर-१९ वडा कार्यालयको आयोजना,शारदानगर हेल्थपोष्ट चौरमा जारी दोस्रो भरतपुर १९ साँस्कृतिक व्यापारिक तथा पर्यटन महोत्सव २०८१ को आठौं दिन मंसिर ०४ गते मंगलबारको दिन लोकप्रिय गायिका एलिना चौहान र स्याड रोज ब्याण्डका लोकप्रिय गायक रवि रिमालको बेजोड प्रस्तुती रहने भएको छ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। महोत्सवको व्यवस्थापन एम.एन.इन्टरटेन्टमेन्ट प्रा.लि. भरतपुर-१० चितवनले गरेको छ।महोत्सवमा विभिन्न समुदायहरुको सांस्कृतिक प्रस्तुति संगै घुमौ भरतपुर भ्रमण वर्ष २०२४ लाई सकारात्मक रुपमा टेवा पुर्याउने आयोजकले लक्ष्य लिएको छ। महोत्सव मंसिर ०९ गते सम्म सन्चालन हुने छ।

Comments