दोस्रो भरतपुर-१९महोत्सव कात्तिक २९ गते,पशुपती शर्मा आउने।

२०८१ कत्तिक २८ बुधबार। भरतपुर-१९ वडा कार्यालयको आयोजना,शारदानगर हेल्थपोष्ट चौरमा जारी दोस्रो भरतपुर १९ साँस्कृतिक व्यापारिक तथा पर्यटन महोत्सव २०८१ को पाचौं  दिन कात्तिक २९ गते बिहिबारको दिन  राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपती शर्माको बेजोड प्रस्तुती रहने भएको छ।

महोत्सवमा बिहिबार जादुगर बलराम सरकारको समेत प्रस्तुति रहने भएको छ। महोत्सवको व्यवस्थापन भने एम.एन.इन्टरटेन्टमेन्ट प्रा.लि. भरतपुर-१० चितवनले गरेको छ।महोत्सवमा विभिन्न समुदायहरुको सांस्कृतिक प्रस्तुति संगै घुमौ भरतपुर भ्रमण वर्ष २०२४ लाई सकारात्मक रुपमा टेवा पुर्याउने आयोजकले लक्ष्य लिएको छ। महोत्सवमा अन्तर स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको सांस्कृतिक तथा सांगितिक  प्रस्तुती रहने छ।

Comments