दोस्रो भरतपुर-१९ महोत्सव:आज शान्ता र सन्जिव सिंहको बेजोड प्रस्तुति रहने।

भरतपुर-१९ वडा कार्यालयको आयोजना,शारदानगर हेल्थपोष्ट चौरमा जारी दोस्रो भरतपुर १९ साँस्कृतिक व्यापारिक तथा पर्यटन महोत्सव २०८१ को १५ औं  दिन मंसिर ०९ गते आइतबारका दिन  लोकप्रिय गायिका शान्ता रानी परियार र लोकप्रिय गायक सन्जिव सिंह राना मगरको बेजोड सांगितिक प्रस्तुती रहने भएको छ।महोत्सवमा लोकप्रीय गायक दिपक खड्का,ढाकाराम पौडेल साथै द गन्तव्य ब्याण्डको समेत बेजोड सांगितिक प्रस्तुति रहने छ। 

महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। महोत्सवको व्यवस्थापन एम.एन.इन्टरटेन्टमेन्ट प्रा.लि. भरतपुर-१० चितवनले गरेको छ।महोत्सवमा विभिन्न समुदायहरुको सांस्कृतिक प्रस्तुति संगै घुमौ भरतपुर भ्रमण वर्ष २०२४ लाई सकारात्मक रुपमा टेवा पुर्याउने आयोजकले लक्ष्य लिएको छ।

Comments