मगर संघ चितवनको १८औं जिल्ला अधिवेशन सम्पन्न

चितवन। नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनको १८ औं जिल्ला अधिवेशन चन्द्र एकता मगर समाज भरतपुर- २ क्षेत्रपुरको कार्यक्रम हलमा सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा लालबहादुर रानामगर चयन भएका छन्। तीन वर्षे कार्यकालको लागि शनिबार सम्पन्न १८औँ जिल्ला अधिवेशनबाट २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। संस्थाको उपाध्यक्षमा भीमबहादुर थापामगर, सचिवमा विष्णु आलेमगर, कोषाध्यक्षमा धनसरा थापामगर, सहसचिवमा मिलन थापामगर र सहकोषाध्यक्षमा बद्री पुनमगर चयन भएका छन्। 

कार्यसमिति सदस्यहरुमा भने निलकुमार थापामगर, टेकबहादुर थापामगर, डम्बरबहादुर थापामगर, विष्णुबहादुर थापामगर, जानुका थापामगर, होमबहादुर थापमागर, सानबहादुर थापामगर, कपिल आलेमगर, मुक्तिबहादुर रानामगर, सूर्यकुमारी आलेमगर, सुमित्रा थापामगर, सन्तबहादुर मगर, प्रेमबहादुर थापामगर, तिलबहादुर पुनमगर, कृष्ण आलेमगर, शेरबहादुर मगर, विमला बूढामगर, बद्रि बहादुर रानामगर र जीतबहादुर थापामगर चयन भएका छन्।

संस्थाको ४३औँ वार्षिक साधारण सभा तथा १८औँ जिल्ला अधिवेशनका क्रममा ६ वटा संस्थासहित सात जनालाई सम्मान गरिएको हो। 

नेपाल मगर संघ चितवनमातहका संस्थाहरुलाई गतिविधिका आधारमा मूल्याङ्कन गरेर सम्मान गरिएको नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले जानकारी दिए। संस्थागतरूपमा नेपाल मगर विद्यार्थी संघलाई प्रथम स्थानमा राख्दै संघका उपाध्यक्ष एलएफ थापामगर, नेपाल मगर महिला संघलाई द्वितीय स्थानमा राख्दै संस्थाकी अध्यक्ष रूकु रानामगर र नेपाल मगर पत्रकार संघलाई तेस्रो स्थानमा राख्दै बिहानी मिडिया डटकमका अध्यक्षसमेत रहेका मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगरलाई सम्मान गरिएको हो। 

यस्तै इकाइ समिति तर्फ चन्द्र एकता मगर समाजलाई प्रथम स्थानमा राख्दै अध्यक्ष लालबहादुर थापामगर, शारदानगर मगर समाजलाई द्वितीय स्थानमा राख्दै अध्यक्ष यमबहादुर थापामगर र ज्ञानोदय मगर समाज शरदपुरलाई तेस्रो स्थानमा राख्दै संस्थाका अध्यक्ष टुकबहादुर आलोमगरलाई सम्मान गरिएको हो। 

प्रशिक्षक चिजकुमार आलेमगरलाई भने वरिष्ठ प्रशिक्षकको रूपमा सम्मान गरिएको नेपाल मगर संघले जनाएको छ। सम्मानित सबैलाई नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले खादा, फेटा र सम्मानपत्रद्वारा सम्मान गरिएको हो। 

चितवनमा रहेर मगर समुदाय र संस्कार, संस्कृतिको विषयमा क्रियाशील संस्था तथा व्यक्तिलाई मगर संघले योगदानको कदर गरेको भन्दै केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले खुसी व्यक्त गरे। आगामी दिनमा पनि मगर समुदायको भाषा, भेषभूषा तथा हरेक कृयाकलापमा सबैले चासो दिनुपर्ने उनको सुझाव छ। 

नेपाल मगर विद्यार्थी अक्षयकोष चितवनले  मगर संघ चितवनको १८औँ अधिवेशनको अवसर पारी चितवनमा रहेका विपन्न तथा जेहेन्दार ९३ जना मगर विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो। 

अक्षयकोषबाट करिब ६० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको अक्षयकोषका अध्यक्ष निर्मल हुन्चिङ मगरले जानकारी दिए। ४७ वटा प्रारम्भिक इकाइका  विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको उनले बताए। वि.सं.२०७४ सालमा स्थापना भएको अक्षयकोषमा रकम हाल सम्म रु ८ लाख ५० हजार पुगेको छ। देउसी भैलो कार्यक्रम,स्वदेश तथा प्रवासमा बस्ने सेवाभाव भएका मगर तथा गैर मगरहरुको आर्थिक सहयोगले कोषमा रकम संकलन हुँदै आएको छ।

Comments