उपत्यकामा अब साझाका ४० बिजुली बस थपिदै हुने भो दैनिक दुई करोड रूपैयाँको पेट्रोलियम पदार्थ विस्थापन
साझा यातायातले काठमाडौंमा 'सिटी बस' कार्यक्रम सुरु गरेको छ। उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरूले ४० वटा विद्युतीय बस र २४ वटा चार्जिङ पोइन्टको औपचारिक उद्घाटन गरे। विद्युतीय बस र चार्जिङ पोइन्ट रहेको चार्जिङ डिपो निर्माणको लागत ८५ करोड रूपैयाँभन्दा बढी रहेको साझा यातायातका अध्यक्षले बताए। बसहरूले काठमाडौं उपत्यकाभित्र सेवा दिनेछन्। यसले मासिक दुई करोड रूपैयाँको पेट्रोलियम पदार्थको विस्थापन गर्ने बताएका छन। साझाले प्रदेश सेवाअन्तर्गत बिजुली बस खरिद गर्ने योजना बनाएको छ।
Comments