खेलकुदले जोड्यो युवा, लागुऔषधविरुद्ध उठ्यो सामूहिक आवाज

चितवन। चितवनको भरतपुर महानगरपालिका - १७ बखान चोक शारदानगरमा रहेको फ्यामिलि फुटसलले आफ्नो स्थापना भएको दोस्रो वार्षिकोत्सबको अवसरमा स्वस्थ शरिर, स्वस्थ सोच,लागुऔषधमुक्त युवाको रोज भन्ने अभिप्रायलाई आत्मसात गर्दै फ्यामिलि फुटसल दोस्रो एन्निभर्सरि कप खुल्ला नकआउट फुटसल प्रतियोगिता २०८३ हुने भएको छ। प्रतियोगिता असार २७ र २८ गते दुइ दिन सम्म चल्ने छ।

प्रतियोगितामा स्थानिय तथा राष्ट्रिय खेलाडिहरु सहित २३ वटा फुटसल टिमहरुको सहभागिता रहने छन् । 

 

प्रतियोगिताको बिजेता टिमले नगद रु ३० हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने छ त्यसैगरि उपबिजेता हुने टिमले भने नगद रु १५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने छ।प्रतियोगिताको अवधिभर सबैभन्दा धेरै गोल गर्ने खेलाडिले सर्वोगोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलरक्षकले ट्रफि प्राप्त गर्नेछन् ।

आयोजकले युवाहरुलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगिताबाट युवाहरुलाई फुटसल खेलमार्फत स्वस्थ रहन, स्वस्थ सोच बनाउन र लागुऔषध दुर्व्यसनि  ञुनिकरण मा सहयोग पुर्याउने लक्ष्य लिएको छ।

 

प्रतियोगिताबाट आयोजकले गण्डकि प्रदेश मनाङ जिल्ला चामे गाउपालिका वडा नं -०१ मा रहेको श्री गौरि शंकर माध्यमिक बिधालयका जेहेन्दार अनुशासित बिधार्थिहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री बितरण सहयोगार्थ गर्ने उद्देशयले दोस्रो बार्षिकोत्सव अवसरमा उत्क्त प्रतियोगिता आयोजना गरिएको हो।

Comments