मगर बिधार्थि संघ चितवनको नेतृत्वमा एल एफ

चितवन। नेपाल मगर बिधार्थि संघ जिल्ला समिति चितवनको २० औ जिल्ला अधिवेशन शनिवार भरतपुर -९ स्थित डल्फिन फन पार्क एण्ड रीसोर्टमा सम्पन्न भएको छ। 

अधिवेशनबाट एल एफ पेमि मगरले जिल्लाको नेतृत्व सम्हाल्ने भएका छन। पेमि मगर नेपाल मगर बिधार्थि संघ चितवनको २० औ जिल्ला अधिवेशन बाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन। मगर विद्यार्थी संघको उपाध्यक्षमा सुदिक्षा ठाडा मगर, सचिवमा उपदेश ठाडा मगर, कोषाध्यक्षमा सिजन आले मगर, सह-सचिवमा पविना राना मगर सहित २१ सदस्यीय कार्यसमिति चयन भएको हो।

 

उक्त अधिवेशन मगर बिधार्थि संघ चितवनकि अध्यक्ष प्रीज्मा आले मगरको अध्याक्षता तथा नेपाल मगर बिधार्थि संघ केन्द्रीय समितिका अध्यक्ष राजु पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 

कार्यक्रममा मगर संघ चितवनका अध्यक्ष लाल बहादुर राना मगर, मगर बिधार्थि संघ चितवनकि संस्थापक उपाध्यक्ष लक्ष्मिदेवि थापा मगर, नेपाल मगर खेलकुद संघका केन्द्रीय उपाध्यक्ष मान बहादुर रजालि मगर,नेपाल आदिवासि जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमाल ,नेपाल मगर संघ बागमति प्रदेशका निवर्तमान अध्यक्ष मिलन थापा मगर,नेपाल मगर संघ जापान शाखाका उपाध्यक्ष रमेश राना मगर, चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारि अभिनास थापा मगर, चितवन इन्जिनियरिङ क्याम्पसका प्रोफेसर आकाश थापा मगर, नेपाल मगर संघ बागमति प्रदेशका सह-सचिव महेन्द्र थापा मगर,मगर बिधार्थि अक्षयकोष चितवनका अध्यक्ष निर्मल थापा मगर, मगर संघ चितवनको मातहतमा रहेका भातृ संस्थाका अध्यक्षहरु,मगर बिधार्थि संघ चितवनका पुर्व अध्यक्षहरु,छिमेकि जिल्ला मगर बिधार्थि संघ तनहुँ,नवलपुर र मकवानपुरका अध्यक्षहरु, स्व.वि.यु. क्याम्पस तथा कलेजका अध्यक्षहरु लगायत बिधार्थि प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा मगर बिधार्थि संघ चितवनको शैक्षिक, भौतिक सामाजिक आर्थिक तथा सांस्कृतिक बिकासका साथै संगठनलाई थप सशक्त,प्रभावकारि र गतिशिल बनाउन पुर्याइएको उच्च कदर गर्दै ३ जना मगर बिधार्थिहरुलाई सम्मान समेत गरिएको थियो।सम्मानित हुनेमा मगर बिधार्थि संघ पुर्व सचिव देउ कुमार थापा मगर, पुर्व कोषाध्यक्ष रुपक पुलामि मगर र सक्रिय कलाकार तथा नृत्य निर्देशक एन्जिला राना मगर रहेका थिए।

 

उक्त अधिवेशनमा आले मगरको कार्यकालको सक्रिय तथा अनुशासित सदस्यको रुपमा बिजय थापा मगरलाई अवार्ड समेत प्रदान गरिएको थियो।कार्यक्रममा मगर बिधार्थि अक्षय कोष सहयोगार्थ सांस्कृतिक कार्यक्रममा सहभागि मगर बिधार्थि कलाकारहरुलाई समेत सम्मान गरिएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष पुन मगरले संस्कार र संस्कृति सहितको शिक्षा साथै अध्ययन संगै उधमशिलतालाई जोड दिदै बिधार्थि आत्मनिर्भर बन्न आवश्यकता रहेको कुरा बताउनु भयो। पुन मगरले बिधार्थि संघले लिएको संकल्प अनुसार चितवन जिल्लाले शैक्षिक,सांस्कृतिक तथा उधमशिलताका कार्यक्रमहरु गर्न सफल भएकोमा बधाई दिनुहुदै केन्द्रीय समितिको तर्फबाट हरेक कार्यक्रममा पुर्ण सहयोग रहने कुरा समेत बताउनुभयो।

 

कार्यक्रमको बन्द सत्रमा मगर बिधार्थि संघ चितवनको सांगठानिक तथा आर्थिक प्रतिवेदन साथै मगर बिधार्थि संघ चितवनको सांगठानिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो।

Comments