फेमिलि फुटसल कप बैशाख २८ देखि सुरु
भरतपुर । पस्चिम चितवनको भरतपुर महानगरपालिक-१७ बखान चोक शारदानगरमा रहेको फेमिलि फुटसलको आयोजनामा २०८२ सालमा माध्यमिक शिक्षा परिक्षा ( एस इ इ) दिएर बसेका बिधार्थिहरुको लागि लक्षित गर्दै प्रथम फेमिलि फुटसल एस इ इ कप २०८३ हुने भएको छ।
फुटसल प्रतियोगिता बैशाख २८ गते बाट सुरु हुने छ। प्रतियोगिता टिम दर्ताको लागि अन्तिम मिति भने बैशाख २६ गते सम्म मात्र रहने छ। टिम दर्ता शुल्क भने रु २ हजार रुपैया लाग्ने छ।प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार रुपैया साथमा मेडल दोस्रो हुने टिमले नगद रु १० हजार र साथमा मेडल प्राप्त गर्ने छन्।
प्रतियोगिताको बिधागत पुरस्कार तर्फ उत्कृष्ट खेलाडि गोलरक्षक र सर्वोगोलकर्ता खेलाडिलाई जनहि रु १ हजार ५ सय र साथमा मेडल द्वारा पुरस्कृत गरिने भएको छ।
Comments