ताइवान भूकम्प जादा चार जनाको मृत्यु, ५० जना बढी घाइते

ताइवानमा बिहान ७.८ म्याग्निट्युडको भूकम्पमा ४ जनाको मृत्यु भएको सार्वजनिक भएको छ। ५० भन्दा बढीले घाइते भएको जानकारी छ। भूकम्पको केन्द्रबिन्दु पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा थियो। यो ताइवानको २५ वर्षमा सबैभन्दा ठूलो भूकम्प हो। भूकम्पको कारण राजधानी ताइपेइमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। जापान र फिलिपिन्समा सुनामीको चेतावनी दिइएको छ।

Comments