शारदानगरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न।
शारदानगर।पश्चिम चितवनको भरतपुर महानगरपालिका-१९/२० मा रहेको श्री नवज्योती मगर युवा क्ल्व शारदानगरले आफ्नै कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल मगर संघ,शारदानगरको भातृ युवा संस्था क्लबले निशुल्क मुटु,सुगर,प्रेसर,थाइराईड तथा दन्त परिक्षण शिविर कार्यक्रम सम्पन्न गरेको हो।
क्ल्वले सिद्देश्वर हेल्थ केयर क्लिनिक प्रा.लि. भरतपुर-१७ बखानचोक साथै सावित्री देबि डेण्टल एण्ड ओरल केयर प्रा.लि. भरतपुर -१९ शारदानगरको प्राबिधिक सहयोगमा शिविर संचालन गरेको हो।
शिविरमा बालबालिका,युवा देखि ज्येष्ठ नागरिकहरुको उल्लेख्य सहभागी रहेको थियो। शिविरमा कुल १३५ जनाको सहभागी रहेको थियो।
कार्यक्रम संयोजक रहेका देउ कुमार मगरले निशुल्क स्वास्थ्य शिविर जस्ता कार्यहरुले व्यक्ती,समुदाय, समाज र राष्ट्र स्वस्थ रहन मद्दत पुग्ने साथै आफ्नो स्वास्थ्य अवस्था जोखिम हुन बाट बच्नको लागि महत्वपूर्ण सहयोग हुने बताए।
क्ल्वले राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता,बृहत खुल्ला रक्तदान कार्यक्रम,व्यक्तित्व तथा नेतृत्व बिकास तालिम साथै सामाजिक सचेतनामुलक कार्यक्रमहरु संचालन समेत गर्दै आइरहेको छ।
शिविरमा, बरिस्ठ मुटुरोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डा.पुरन गुरुङ, बरिस्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा.रोहित मुररका,
बालरोग विशेषज्ञ डा. गौरभ भुषाल,सिद्देश्वर हेल्थ क्लिनिकका संचालक रामचन्द्र खत्री,क्लिनिकका सभ्यता अर्याल
लक्ष्मी श्रेष्ठ र अर्चना गुरुङ रहेका थिए।
त्यसैगरी दन्त शिविर तर्फ
साबित्री देबी डेण्टलका संचालक केबि महत क्षेत्री, डा.मनिष शर्मा,
डा.अन्जिल खत्री र डेण्टलका धन माया थापा मगर रहेका थिए।
Comments