शारदानगर हेल्थपोष्ट चौरमा शुरु भयो महोत्सव:महानगर प्रमुख दाहालबाट उद्घाटन

शारदानगर, कार्तिक २६ । पश्चिम चितवनको भरतपुर १९ मा हिजो आइतवार दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सव 

सुरु भएको छ । महोत्सवको एक समारोहका बिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पानसमा द्धिप प्रज्वलन गरी उद्धाघाटन   उद्घाटन गर्नुभयएको हो  ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउदै गएको पर्यटनलाई उकास्न सहयोग पुगेको  बताउनुभयो ।

पर्यटन व्यावसायमा देखिएको निराशालाई आशामा परिणत गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरेसँगै यस बीचमा आर्थिक गतिविधि चलायमान भएको उहाँको भनाई छ ।

भरतपुरमा पूर्वाधार विकासले मात्र पुग्दै भनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा देश विदेशमा परिचित गराउन भ्रमण वर्ष आयोजना गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्त, वडा नम्बर १९ का अध्यक्ष प्रकाश तमाङ , कांग्रेस नेता तोपमान सिहं गुरुङ , शिक्षाविद्ध बेलवहादुर गुरुङ ,किरण अमरजंग गुरुङ माविका प्रधानअध्यापक विनोद अधिकारी,वडा १९का कांग्रेस सभापति  आशमान तामाङ ,  थानेदार टोलका अध्यक्ष  कल्पना क्षेत्री अधिकारी  लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका सय बढी स्टलहरु रहेका छन् ।

भरतपुर १९ शारदानगर, हेल्थ पोष्ट चौरमा सुरु भएको महोत्सव हिजो कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ । 

भरतपुर वडा १९ का सल्लाहकार समिति सदस्य , रेडियो साहिनाको प्रमुख सल्लाहकार   बिष्णु प्रसाद ढकाल स्वागत  मन्त्वय  राख्नुु भएको सो कार्यक्रमको सहजजीकरण रेडियो साहिनाको पत्रकार  देउकुमार थापा मगरले गर्नुभएको थियो । 

महोत्सव संयोजक ,वडा १९ का सदस्य सिता वि.कको अध्यक्षतामा भएको सो कार्यक्रमको समुद्धघाटन अगाडी भव्य शोभायात्रा समेत निकालिएको थियो । कार्यक्रममा चितवनका चर्तित गायक ढाकाराम पौडेल , पश्चिम चितवनका उदाउदो कलाकार विपना सुँनार, किरण अमरजंग मा.विका छाात्रा पविना कुमाँल लगायतका कलकारहरुको आफ्नो बेजोड पस्तुती दिनुभएको थियो ।

 

Comments