सुत्केरीमा मृत्यु भएपछि, आम्दा अस्पतालका मेसु डा. राजेन्द्र बस्यालमाथि कुटपिट
बुटवल, १३ मंसिर । सुत्केरी मृत्युको घटनाबारे लिएर, मृतकका आफन्तहरूले बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् । मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसंगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल ब्यवस्थापनले जनाएको छ । लुम्बिनी चिकित्सक संघका सचिव डा सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसंग आफुहरु उपचार रोकेर बिरोध गर्ने बताए । कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ ।
स्रोत : तिलोत्तमा सिटी न्यूज
Comments