रामपुर रड्सको वार्षिक सम्मेलन सम्पन्न।

चितवन। चितवनको प्रतिष्ठित रामपुर फुटबल क्ल्व(रड्स)को वार्षिक सम्मेलन कार्यक्रम,रामपुर व्याङ्क्वेटको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा भरतपुर महानगरपालिका-१९ का वडा अध्यक्ष प्रकाश तामाङ, वडा सदस्य खड्क बहादुर तामाङ, क्ल्वका पुर्व अध्यक्षहरु मोहन सिंह लामा, दिपक अधिकारी र बुद्द पाख्रीन, सेन्ट्रल कलेजका प्रीन्सिपल यज्ञ विलाश पौडेल, एफसि चितवनका प्रवन्धक निर्देशक सचिन ढकाल,शारदानगर भु.पु. सैनिक कल्याणकारी संस्था,भरतपुर-१९ का अध्यक्ष हुतमान गुरुङ लगायत क्ल्वका पदाधिकारीहरु,विशिष्ट व्यक्तित्वहरु र खेलाडीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा क्ल्वले आ/व.२०७९/०८० देखि मंसिर मसान्त सम्म सम्पन्न भएका कार्यक्रमहरुको आर्थिक प्रतिवेदन,वार्षिक कार्यक्रम प्रतिवेदन र आगामी कार्य-योजनाहरुको प्रतिवेदन प्रस्तुत गरेको थियो।

क्ल्वले १ वर्ष भित्र ३० औं त्रीवेणी कप,अन्तर्राष्ट्रिय आमन्त्रण माडी गोल्डकप,कर्णेल उजिर सिंह पाल्पा गोल्डकप,प्रथम बखान च्याम्पियनसीप,प्रथम रत्ननगर कप जस्ता मौफसलका महत्वपूर्ण गोल्डकप र राष्ट्रिय स्तरका फुटबल प्रतियोगिताहरुको उपाधी उचाल्न सफल भईसकेको छ। 

कार्यक्रममा वडा अध्यक्ष तामाङ्ले क्ल्वको लागि खेलाडी उत्पादन कार्यक्रममा विशेष जोड दिने कुरा बताउनुहुदै निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा 

सेन्ट्रल कलेजका प्रीन्सिपल पौडेलले विगतका वर्षहरुमा क्लबलाई महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको र सहकार्य निरन्तर गर्दै जाने कुरा वताउनुभयो। कार्यक्रममा एफसि चितवनका प्रवन्धक निर्देशक ढकालले क्ल्व संग सकारात्मक सहकार्य गर्दै आवश्यक सहयोग गर्ने कुरा बताउनुभयो।

कार्यक्रममा पुर्व अध्यक्ष मोहन सिंह लामा,दिपक अधिकारी साथै शारदानगर भु.पु.सैनिक कल्याणकारी क्ल्वका अध्यक्ष हुतमान गुरुङले मन्तव्य राख्नुभएको थियो।

क्लबका अध्यक्ष साथै एन्फा चितवनका उपाध्यक्ष समेत रहनु भएका बिजय घलेले वार्षिक सम्मेलनमा सहभागी सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुहुदै आगामी दिनहरुमा आजिवन सदस्य,साधारण सदस्यता वितरण साथै खेलाडी उत्पादनको लागि ग्रास-रुट कार्यक्रम संचालन गर्ने वताउनुभयो।

घलेले क्ल्वमा सल्लाहकार समिती,सामाजिक विभाग,सांस्कृतिक विभाग, प्रशिक्षण विभाग,बालबालिका,युवा तथा भेट्रान विभाग गठन गर्न आवश्यक रहेको कुरा बताउनुहुदै एक्यवद्धताले नै समग्र क्षेत्रको उन्न्ती हुने कुरा जोड दिनुभएको थियो।

क्ल्वले तमु समुदायको ( मुप्री ल्हो)ल्होसारको अवसरमा सेभेन 'ए' साइड ल्होसार कप फुटबल प्रतियोगिताको आयोजना साथै ३१ औं संस्करणको त्रीवेणी कप,राष्ट्रव्यापी फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

Comments