पुनको बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ सम्पति, गाडी पार्टीको
अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा ३३ लाख रुपैयाँ रहेको पाइएको छ। सार्वजनिक सम्पत्ति विवरणअनुसार पुनको एनएमबि बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ नगद मौज्दात रहेको छ, जुन उनले तलब र भत्ताबाट जम्मा भएको बताएका छन्।
सम्पत्ति विवरणमा पुनको रोल्पा नगरपालिका-७ मा ८२० वर्ग मिटरमा घर रहेको उल्लेख छ, जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको हो।
अर्थमन्त्री पुन अहिले बा ००१ अ ०००९ नम्बरको गाडी प्रयोग गर्दैछन्, जुन पार्टीको स्वामित्वमा रहेको छ। सम्पत्ति विवरणमा पुनले ऋण लिएको उल्लेख छ, तर कति ऋण लिएको हो भन्ने जानकारी दिइएको छैन।
Comments