पाल्पामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पाल्पाको तिनाउ गाउँपालिकामा शनिबार साँझ टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
बुटवलदेखि पाल्पाको तिनाउ–स्थित चुनखानीतर्फ जाँदै गरेको लु २ ख ८७६ नम्बरको टिप्परले पाल्पा रैनादेवीछहरा गाउँपालिका-६ का जगबहादुर बलालको मोटरसाइकललाई ठक्कर दिएको हो। घाइते बलाललाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
Comments