नारायणघाट-बुटवल सडक हालसम्म ४१.५० किलोमिटर एकतर्फी कालोपत्रे

नारायणघाट-बुटवल सडक योजना अन्तर्गत पूर्वी खण्ड (गैंडाकोट-दाउन्ने) मा हालसम्म ४१.५० किलोमिटर एकतर्फी कालोपत्रेको कार्य सम्पन्न भएको छ। चालू आर्थिक वर्षमा मात्र २८ किलोमिटर एकतर्फी कालोपत्रेको कार्य सम्पन्न भएको छ। यो योजना अन्तर्गत जंगल क्षेत्रमा एकतर्फी र बस्ती क्षेत्रमा दुईतर्फी कालोपत्रे गरेर यातायातलाई सहज बनाउने गरि काम भइरहेको छ।

Comments