नारायणगढ लेडि जेसिजको नेतृत्व हिमा श्रेष्ठलाई

चितवन।युवाहरुको नेतृत्व,व्यक्तितब र उधमशिलता सीप बिकास गर्नको लागि,१८ वर्ष देखि ४० वर्ष उमेर समुहका सक्रिय  नागरिकहरुको गैर-लाभकारी स्वएच्छिक संस्था नारायणगढ लेडि जेसिजको चौथो साधारण सभा तथा २७ औ शाखा अधिवेशनबाट वर्ष २०२४ का लागि हिमा श्रेष्ठले नेतृत्व सम्हाल्ने भएका छन्।

सुदायमा सकारात्मक प्रभाव सृजना गर्न,नवीन बिचार,सहकार्य र सकारात्मक योजनाहरुलाई आत्मसात गर्दै अगाडि बढाउने प्रतिबद्धता सहित स्थापित लेडि जेसिजको २०२४ का लागि श्रेष्ठ निर्वाचित भएकि हुन्।

श्रेष्ठ सानै देखि सामाजिक कार्यहरुमा रुचि देखाउदै र कार्यहरु गर्दै आइरहेको,विभिन्न सामाजिक संघ,संस्थाहरुमा समेत आवद्ध छिन्।

श्रेष्ठ लेडि जेसिजको वर्ष २०२२ मा महासचिव र वर्ष २०२३ मा कानुनी सल्लाहकार रहेकी थिईन।

लेडि जेसिजको २७ औ अधिबेशनबाट कार्यकारिणी उपाध्यक्षमा कोपिला गुरुङ र सुमिता सिंह,उपाध्यक्षमा दिपा अधिकारी,गंगा कुवर थापा,सीता बराली(सितास्मा) र सोनिसा श्रेष्ठ  त्यसैगरी निर्देशकमा रन्जु घिमिरे,वर्षा श्रेष्ठ,सुजना अधिकारी र श्वेता शाक्य निर्वाचित हुन सफल भएका हुन्।

Comments