नेपाल जेसिजको नेतृत्व नवीन सोचका रविन पोख्रेलले नेतृत्व सम्हाल्ने भएका छन्।
बुटवल। देउ बहादुर गाहा थापा ✍। युवाहरुको नेतृत्व,व्यक्तित्व र उधमशिलता सीप बिकास गर्नको लागि,१८ वर्ष देखि ४० वर्ष उमेर समुहका सक्रिय नागरिकहरुको गैर-लाभकारी स्वएच्छिक संस्था नेपाल जेसिजको ५० औं राष्ट्रिय महाधिवेशन मंसिर २९ देखि पौष २ गते सम्म बुटवलको अन्तरास्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भएको छ।
वर्ष २०२४ का लागि जेसिआई नुवाकोटको प्रस्तुती सिनेटर रविन पोख्रेलले नेतृत्व सम्हाल्ने भएका छन्।
राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा सकारात्मक प्रभाव सृजना गर्न,नवीन बिचार,सहकार्य र सकारात्मक योजनाहरुलाई आत्मसात गर्दै अगाडि बढाउने प्रतिबद्धता सहित उम्मेदवारि प्रस्तुत गरेका पोख्रेलले ३ जना प्रतिद्वन्द्वीलाई पछि पार्दै भारी मतका साथ निर्वाचित हुन सफल भएका हुन्।
नेपाल जेसिज वर्ष २०२४ का लागि राष्ट्रिय अध्यक्षका लागि पोख्रेलले संगै रजनी थापा (मनोहरा जेसिज) ,बिजय गुरुङ(देवदह जेसिज) र रश्मि शिल्पकार (भक्तपुर लेडि जेसिज)को उम्मेदवारी रहेको थियो।
पोख्रेल सानै उमेर देखि सामाजिक कार्यहरुमा रुचि देखाउदै र कार्यहरु गर्दै आइरहेको,विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय सामाजिक संघ,संस्थाहरुमा समेत आवद्ध छन्।
सन् २०१६ बाट जेसिज यात्रा सुरु गरेका पोख्रेलले सन् २०१८ मा राष्ट्रिय उपाध्यक्ष,सन् २०१९ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष
सन् २०२० मा राष्ट्रिय अध्यक्षको प्रमुख कार्यकारी सहायक हुँदै विभिन्न कालखण्डमा नेपाल जेसिजको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम,गोष्ठी,कार्यक्रमहरुमा सहभागी भइसकेका छन्।
नेपाल जेसिज वर्ष २०२४ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा सिनेटर अनुप सुनुवार, राजाराम गौतम, भिम बहादुर कुंवर(राजु) र सिनेटर सन्दिप अग्रहरी भारी मतका साथ निर्वाचित हुन सफल भएका हुन्।
त्यसै गरि नेपाल जेसिज वर्ष २०२४ का लागि राष्ट्रिय महासचीवमा सरोज अधिकारी, कानुनी सल्लाहकार सिनेटर नरेश चन्द्र ओझा र
कोषाध्यक्षमा खेमराज थापा मनोनित हुन सफल भएका हुन्।
नेपाल जेसिज वर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सिता कुमारी भण्डारि, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरि, नबराज उपाध्याय,गणेश सापकोटा र अचुत उप्रेती (आयुष) भारी मतका साथ निर्वाचित हुन सफल भएका हुन्।
नेपाल जेसिज वर्ष २०२४ का लागि राष्ट्रिय अध्यक्षमा ४ जना,कार्यकारिणी उपाध्यक्षमा
९ जना र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दिएका थिए।
Comments