मेलम्ची खानेपानीमा भ्रष्टाचार, भीम उपाध्यायसहित १८ जनामाथि मुद्धा दायर

काठमाडौंमा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको आरोपमा तीन पूर्व सचिवसहित १८ जनालाई मुद्धा दायर गरेको छ।

आइतबार आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका पूर्व अध्यक्ष एवं खानेपानी मन्त्रालयका पूर्व सचिव डा. संजय शर्मा, भीम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसहित १५ जनालाई मुद्धा दायर गरेको छ।

विशेष अदालतमा आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासहित रहेको आयोगले जनाएको छ। अख्तियारले प्रतिवादीहरूबाट ४ देखि ८९ करोड रुपैंयासम्म मागदाबी लिएको छ।

पूर्व सचिव भीम प्रसाद उपाध्यायलाई ४ करोड २२ लाख ३४ हजार रुपैंया, पूर्व सचिव संजय शर्मा र सहसचिव मुकुन्द प्रसाद पौडेललाई जनही ६ करोड ९७ लाख ८३ हजार रुपैंया बिगो लिने निर्णय गरिएको छ।

यस्तै पूर्व सचिव गजेन्द्र कुमार ठाकुरबाट ६० करोड ४९ लाख १९ हजार, अध्यागमन प्रमुख तामाङबाट २२ हरोड ९ लाख १७ हजार, समितिका कार्यकारी निर्देशकहरू भट्टराईबाट २२ करोड ७५ लाख १९ हजार, राम चन्द्र देवकोटाबाट ३२ करोड ३५ लाख ६१ हजार, सुर्यराज कँडेलबाट ८९ करोड ८ लाख ९८ हजार बिगो लिने निर्णय गरिएको छ।

अख्तियारले परामर्शदाता इप्टिसा सर्भिस दि इन्जिनियर्स र बेट्स कन्सल्टिङ सर्भिस लिमिटेडलाई पनि प्रतिवादी बनाउँदै जनही ८७ करोड ५८ लाख ८३ हजार रुपैंया बिगो दाबी गरिएको छ।

Comments