लेडि जेसिज कपको उपाधी:धनगढीलाई।
अल स्टार स्पोर्ट्स एकेडेमी धनगढीले लेडी जेसिस कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । आज (शनिबार) सम्पन्न फाइनल खेलमा धनगढीले रौतहट महिला फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
नेपाल प्रहरी एकेडेमी (भरतपुर ट्रेनिङ सेन्टर)मा भएको खेलमा धनगढीलाई जित दिलाउन बिर्सना चौधरीले निर्णायक गोल गरे । उनले पहिलो हाफमा गरेको गोल नै धनगढीको जितका लागि पर्याप्त थियो । खेलको प्लेयर अफ द म्याच बिर्सना भए । पाँच हजार रुपैयाँ पाएकी छिन् ।
च्याम्पियन बनेको धनगढीले ट्रफीसँगै दुई लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित रहेको रौतहटले एक लाख रुपैयाँमा सम्झौता गरेको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट भइन् । उनले ट्रफीसँगै नगद २० हजार प्राप्त गरिन् ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर धनगढीकी उषा नाथ, उत्कृष्ट डिफेन्डर रौतहटकी समीक्षा घिमिरे, उत्कृष्ट मिडफिल्डर रौतहटकी ईशा राना मगर र उत्कृष्ट फरवार्ड धनगढीकी ममता पुन मगर घोषित भइन् । त्यस्तै धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले प्रत्येकलाई १०,००० प्राप्त गरे।
नारायणगढ लेडी जेसिसको आयोजना र चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो
Comments