जेहेन्दार,बिपन्न परिवारको सारथि बन्दै मगर बिद्यार्थी।

तनहुँ,देवघाट। नेपाल मगर बिद्यार्थी संघ,चितवन पछिल्लो समय असहाय,जेहेन्दार र बिपन्न परिवारहरुको सारथि बन्दै गएको छ। हरेक वर्ष शुभ-दिपावलीको समयमा धेरै संघ-संस्थाहरु विभिन्न उद्देश्य लिएर देउसी भैलो खेल्ने गर्दछ्न्।कोहि बनभोज गर्ने त कोहि भ्रमणमा रमाउने,तर चितवनका मगर बिद्यार्थीहरुको देउसी भैलो भने अलिक  भिन्नता छ। 

२०५१ सालमा,मगर बिद्यार्थीहरुको हक-हित अधिकार र कर्तव्यको पक्षमा   निरन्तर आवाज उठाउने साथै समुदायको ईतिहास,कला,भेष-भुषा, भाषा,संस्कार संस्कृती र पहिचानलाई जगेर्ना गर्न साथै कुरिति,व्यथिती संस्कारको अन्त्य गर्ने उद्देश्यले स्थापना भएको मगर बिधार्थी संघ चितवनले विभिन्न सकारात्मक सामाजिक कार्यहरु निरन्तर गर्दै आइरहेको छ।

विभिन्न कार्यक्रमहरु गर्न आर्थिक अभाव भए पछि अधिवेशन कार्यक्रमकै अवसरमा दान-पेटिकाको साहयता लिई सहयोग रकम संकलन गर्ने कार्य थालनी गरि २०६७ सालमा मगर बिद्यार्थी कल्याणकारी कोषको स्थापना भयो।

पछिल्लो समययता देउसी-भैलो कार्यक्रमबाट रकम संकलन, स्वदेश तथा प्रवासमा रहेका साथै विभिन्न सामाजिक संघ-संस्थाहरुले सहयोग गरेको रकमबाट  मगर बिद्यार्थी संघ चितवनले  कल्याणकारी कोषलाई समेत जोडेर एकरुपता दिई  २०७५ सालमा मगर बिद्यार्थी अक्षय कोषको स्थापना भयो।

अक्षय कोषले मगर तथा गैर मगर जेहेन्दार,अशक्त,असहाय बिपन्न परिवारका बिद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान,शैक्षिक सामाग्री हस्तान्तरण,रक्तदान,

व्यक्तित्व तथा नेतृत्व बिकास तालिम,निशुल्क स्वास्थ्य शिविर, निशुल्क लोक सेवा तयारी कक्षा संचालन,मौलिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको गर्ने उद्देश्य रहेको छ।

विशेष त गृह जिल्ला तथा छिमेकि जिल्लाहरुलाई प्राथमिकताको रुपमा राखेर कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।

मगर बिद्यार्थी अक्षय कोष चितवनले मंसिर शनिवारका दिन तनहुँ जिल्लाको देवघाट गाउँपालिका-२ नरम,गाउँमा  रहेको श्री जानकि आधारभुत बिधालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिकाकै सबैभन्दा विकट मानिने वडामा अक्षय कोषले बिधालमा अध्य्यनरत ३० जना बिद्यार्थीहरुलाई झोला,कापी र कलम बितरण गरेको हो।

कार्यक्रममा देवघाट गाउपालिका-२ का अध्यक्ष मीन बहादुर राना मगर,बिधालयका प्रधानाध्यापक केश बहादुर थापा मगर,नेपाल मगर संघ,बागमती प्रदेश समितीका अध्यक्ष मिलन थापा मगर,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश राना मगर,नेपाल मगर संघ,चितवनका सचीव  सजन मगर,नेपाल मगर बिद्यार्थी संघ, बागमती प्रदेश सह-सचिव देउ कुमार थापा मगर, नेपाल मगर बिद्यार्थी संघ चितवनका अध्यक्ष मिलन पाटा मगर लगायत बिधालयका प्रतिनिधिहरु,अभिभावकहरु  लगायत अक्षयकोषका पदाधिकारी तथा सदस्यहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा अध्यक्ष मगरले अक्षयकोषको कार्य सराहनिय रहेको बताउनुहुदै मगर बिद्यार्थी संघले पनि अन्य संघ संस्थाहरुले जस्तै कार्यहरु गरेकोमा खुशी व्यक्त गर्नुभयो।

वडा अध्यक्ष मगरले आफ्नो वडा सुन्तला पकेट क्षेत्र रहेता पनि बजार प्रर्वद्दन भने सोचे अनुरुप नभएकोले सहयोग गरिदिन समेत अनुरोध गर्नुहुदै आगामी कार्यहरुको लागि शुभकामना व्यक्त गर्नुभयो।

मगर बिधार्थी संघ चितवनका पुर्व अध्यक्ष समेत रहनुभएका अक्षयकोषका अध्यक्ष निर्मल थापा मगर(हुन्चिङ)ले हरेक वर्ष विकट स्थानहरुमा पुगि शैक्षिक सामाग्री वितरण गर्दै आएको साथै देउसी-भैलो कार्यक्रम बाट संकलन गरि जम्मा गरिएकोमा हाल सम्म अक्षयकोषम रु. ७ लाख भन्दा बढी रकम रहेको जानकारी दिनुभयो।

कार्यक्रम बिधालयका बिद्यार्थीहरुले मगर समुदायको राष्ट्रिय नृत्य कौराहा(कान-राहा)समेत प्रस्तुत गरि स्वागत गरेका थिए। त्यसै गरि कार्यक्रमकै अवसरमा नरम गाउका बुवा समुहले मगर समुदायको लोपोन्मुख र मौलिक सांस्कृतिक नचरी नाच समेत प्रस्तुत गरेका थिए।

अक्षयकोष चितवनले २०७६ सालमा माडिका मगर तथा गैर मगर विधार्थिहरु,२०७८ सालमा इच्छाकामाना गाउपालिका-२ काहुले स्थित श्री जनप्रीय मा.बि र २०७९ सालमा इच्छाकामना-७ सिमलढाप स्थित श्री  रानिखोला मा.बि का बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्य सम्पन गरिसकेको छ।

Comments