इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी इलाम

 - इलाम २ मा उपनिर्वाचनबाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको फरकले हराउँदै विजयी हासिल गरेका हुन्। 

शनिबार सम्पन्न उपनिर्वाचनमा सुहाङ नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे भने कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत पाए। उपनिर्वाचनमा १९ उम्मेदवार सहभागी थिए, जसमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मतमा सन्तोष गर्नुपर्‍यो। 

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा १ बाट निर्वाचित भएका पृथ्वीबहादुर सिंहको निधनपछि यी स्थानहरू रिक्त भएका थिए। निर्वाचन आयोगले शनिबार यी क्षेत्रहरूमा उपनिर्वाचन गरेको थियो।

Comments