चितवनमा मगर समुदाय बिच खुला बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
चितवन।नेपाल मगर संघ जिल्ला समिति चितवनले एक कार्यक्रमको बिच बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ।
भरतपुर महानगरपालिका-१ गौरिश्वर मन्दिरको खुला सभा हलमा मगर समाजको रुपान्तरणको लागी शिक्षाको महत्व भन्ने बिषयमा खुला बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगर,चितवन राष्ट्रिय निकुञ्जका प्रमुख दिल बहादुर पुर्जा पुन मगर,भरतपुर-१ का वडा अध्यक्ष केशव महर्जन,जिल्ला समिती समन्वय कार्यालय चितवनका अधिकृत अन्तिम सिंजाली मगर,मगर संघ केन्द्रिय अनुशासन बिभाग सदस्य,काशी माया राना मगर,मगर महिला संघ केन्द्रिय सास्कृतिक उपाध्यक्ष देवि थापा मगर,मगर संघ बागमती प्रदेश समितिका अध्यक्ष मिलन थापा मगर लगायत मगर संघमा आवद्द विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
प्रतियोगिता भातृ संस्थाहरुबिच र प्रारम्भिक समितीहरु बिच भएको हो।
भातृ सस्थाहरु बाट नेपाल मगर बिद्यार्थी संघ जिल्ला समिती चितवनकी रोजि सारु मगर प्रथम,नेपाल मगर महिला संघ,जिल्ला समिति चितवनकि लक्ष्मी देवि थापा मगर द्वितिय र नेपाल मगर सांस्कृतिक संघ जिल्ला,समिति चितवनकि प्रेम कुमारी थापा मगर तृतिय हुन सफल भएका हुन् ।
प्रारम्भिक समितिहरु बाट चन्द्र एकता मगर समाज भरतपुर-२ क्षेत्रपुरकी स्नेहा थापा मगर प्रथम,नेपाल मगर संघ,भरतपुर-२० शारदानगरकि याम कुमारी थापा मगर द्वितीय र नेपाल मगर संघ,ज्ञानोदय मगर समाज भरतपुर-९,शरदपुरकि रिता थापा मगर तृतीय हुन सफल हुनुभएको हो।
प्रतियोगितामा प्रारम्भिक समिती र भातृ संस्था गरि २९ जना सभागी रहेको साथै सहभागीता जनाएका र प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएकाहरुलाई नगद-प्रमाणपत्र सहित सम्मान गरिएको नेपाल मगर संघ,चितवनका अध्यक्ष ठाकुर सिंह आले मगरले बताए।
Comments