तानसेन - पाल्पामा एकै दिन तीन जना मानिसको शव फेला
जिल्लाको रम्भा गाउँपालिका–१, हुँगी सर्दीस्थित कालीगण्डकी किनारमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको पुरुषको शव बिहीबार नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । शव कसको हो भन्ने बारेमा थप विवरण प्रमाणित हुन नसकेको प्रहरीले जनाएको छ । अवस्थामा फेला परेका छन् ।
उता केही दिनअघि हराउनुभएका जिल्लाको माथागढी–४, झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती मृत फेला पर्नुभएको छ । वृद्धा झडेवा खोला किनारमा बिहीबार दिउँशाे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गत असार २२ गते खेतमा काम गरी बेलुकी घर फर्किने क्रममा उहाँ हराउनुभएको थियो । यस्तै जिल्लाको तानसेन–११ का ५९ वर्षीय तिलबहादुर रानाभाट घरदेखि दुई किलोमिटर पर रहेको प्रतीक्षालयमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयाे ।
Comments