४८ घन्टामै मानिसको मृत्यु गराउने ब्याक्टेरिया फैलियो, यस्ता छन् लक्षणहरू

काठमाडौँ । जापानमा नयाँ खतरनाक ब्याक्टेरिया फैलिएको पाइएको छ, जसले मानव शरीरका तन्तुमाथि आक्रमण गर्छ। स्ट्रेप्टोकोकल टक्सिक सक सिन्ड्रोम (एसटिएसएस) नामक यो संक्रमणबाट हालसम्म ९७७ जना प्रभावित भइसकेका छन्। यो ब्याक्टेरिया पहिलो पटक सन् १९९९ मा पत्ता लागेको थियो।

A patient's right hand shows rashes and swelling from toxic shock syndrome. (Centers for Disease Control and Prevention)

एसटिएसएस संक्रमणले शरीरमा पसेको ४५ घण्टाभित्र मृत्यु गराउन सक्छ। गत वर्ष ९४१ जनामा यो देखिएको थियो। ५० वर्षभन्दा माथिका व्यक्तिहरू बढी जोखिममा छन्। यसवर्ष जापानमा २५०० जनामा यो फैलिन सक्ने र मृत्युदर ३० प्रतिशत हुने अनुमान छ। प्राध्यापक केन किकुचीका अनुसार, यो संक्रमणले खुट्टा सुन्निनु, ज्वरो, न्यून रक्तचाप, नेक्रोसिस, श्वासप्रश्वासमा समस्या, र अंग फेल गराउने जस्ता लक्षण देखाउन सक्छ।

Comments